भारतीय विदेश सचिवको भ्रमणले नेपाल भारत बिच संवादहीनता अन्त्य भयो – परराष्ट्रमन्त्री

मंसिर १९, काठमाडौं  – परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल भारत बिच संवादहीनता अन्त्य भएको बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री ज्ञवालीले नक्सा प्रकाशनपछि बन्द भएको संवादहीनता अन्त्य भएको बताएका हुन् ।

ज्ञवालीले भारतीय विदेश सचिवको भ्रमणले नपाल भारतबीच लामो समयदेखि रहेको संवादहीनता अन्त्य भएको उनले बताएका छन् ।

मन्त्री ज्ञवालीले बैठकमा दोस्रो सीमा समस्यालाई औपचारिक रूपमा दुवै देशले स्वीकार गरेको र नेपालले औपचारिक रूपमा सीमा समस्यालाई एजेन्डाका रूपमा राखेको बताए ।

नेपालले जुन उचाइबाट सीमा समस्याको कुरा राख्नुपर्ने हो त्यो राखेको उनको भनाइ थियो ।