अन्तर बैंक एटिएमबाट सेवा लिंदा अब शुल्क लाग्ने

मंसिर १९, काठमाडौं –  कोरोना भाइरसको नेपालमा पनि प्रभाव परेको बेलामा बैंकहरुले ग्राहकलाई सहजै सेवा दिने उद्देश्यले निःशुल्क गरिएको अन्तर बैंक एटिएम सेवामा अबदेखि शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा विहिबार साँझ जारी गर्दै अन्तर बैंक एटिएम सेवा शुल्क लाग्ने जानकारी दिएको छ ।

त्यस्तै, मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली संचालकहरुले विद्युतीय भुक्तानी सेवा प्रदान गरेबापत ग्राहकहरुबाट लिने सेवा शुल्क सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने व्यवस्था पनि गरेको छ ।

कोरोना महामारीको अवस्थामा ग्राहकलाई सहजता दिने उद्देश्यले विद्युतीय कारोबार निःशुल्क गरिएको तर बैंकहरुले एटिएम सेवा निःशुल्क गर्दा विभिन्न विकृति बढ्दै गएकाले सशुल्क गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।