प्रहरी नियन्त्रणमा काँग्रेस नेता रामचन्द्र पौडेल

मंसिर १७, काठमाडौं – कागे्रस बरिष्ठ नेता रामचन्द्र पौडेल प्रक्राउ परेका छन् ।

गृहजिल्ला तनहुँमा पुगेका पौडेललाई प्रहरीले पक्राउ गरेको छ । पौडेलले सामाजिक सञ्जाल मार्फत आफुलाई हिरासतमा लिइएको बताएका छन् ।

उनले लेखेका छन् ‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु । साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस ’,

पुल उद्घाटनमा विवाद हुँदा कांग्रेस र युवासंघबीच विवाद भएपछि सम्भावित झडप रोक्न स्थानीय प्रशासनले निषेधाज्ञा गरेको छ । बुधबार मध्याह्न १२ बजेबाट साँझ ६ बजेसम्मलाई निषेधाज्ञा लगाइएको हो।

निषेधाज्ञा तोडेपछि पौडेललाई नियन्त्रणमा लिइएको तनहुँ प्रशासनले जनाएको छ।