तीन दिन पर स¥र्यो नेकपा सचिवालय बैठक

मंसिर १७, काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय तीन दिन पर धकेलिएको छ । आजको बैठक शुरु भएको केहीबेरमै स्थगित भएको हो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अर्को बैठक मंसिर २० गते १ बजे बस्ने सामाजिक संजाल फेसबुकमार्फत जनाएका छन् ।

यस अघि मंसिर १३ गते बैठक बसेको थियो । सो बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिएका थिए । प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयको गत कात्तिक २८ गतेको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्र अस्वीकार गरी आफ्ना भनाइ राखेका हुन् ।

अघिल्लो बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथिका आरोप बदर हुनु पर्ने या त्यो सही नठहरिएमा आरोप लगाउनेले त्यसको जिम्मेवारी र जवाफदेहिता लिनु पर्ने तर्क गरेका थिए । पार्टीका अधिकांश स्थायी कमिटी र केन्द्रीय कमिटीका सदस्य पार्टीको अन्तरिम विधान, एकता र सहमतिका पक्षमा रहेको थापाको भनाइ छ ।