रहेनन् फुटबलर डिएगो म्यारोडोना

मंसिर ११,बीबीसी  – अर्जेन्टिनाका फुटबल लिजेण्ड डिएगो म्यारोडोनाको निधन भएको छ । म्यारोडोनाको बुधबार ६० वर्षको उमेरमा निधन भएको बताएको छ । हृदयघातको कारण उनको घरमै निधन भएको हो । मस्तिष्कको ब्लड क्लोटको शल्यक्रियापछि म्यारोडोना दुई साता अघि मात्र अस्पतालबाट डिस्चार्ज भएका थिए ।

म्याराडोनाको नेतृत्वमा अर्जेन्टिनले सन् १९८६ को फिफा विश्वकप जितेको थियो । विश्व विजेता म्याराडोनाले नोभेम्बरमा दिमागको नसामा देखिएको समस्याको सफल सल्यक्रिया गरिएको थियो ।

बार्सिलोना र नापोलीबाट क्लब फुटबल खेलेका उनले इटालियन क्लबका तर्फबाट २ उपाधि उचालेका थिए । म्यारमडोनाको निधनले विश्व खेल क्षेत्र स्तब्ध बनेको छ । विश्व चर्चित व्यक्तिहरुले उनीप्रति समवेदना प्रकट गरिरहेका छन् ।

म्याराडोनाले अर्जेन्टिनाका लागि खेलेका ९१ खेलमा ३४ अन्तर्राष्ट्रिय गोल गरेका थिए । उनले ४ पटक फिफा विश्वकप खेलेका थिए । उनले आफ्नो ३७ औँ जन्मदिनका अवसरमा सन् १९९७ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । पछि उनी अर्जेन्टिनाको मुख्य प्रशिक्षक समेत बनेका थिए ।