अर्थमन्त्री पौडेललाई बुटवलमा कालो झण्डा

मंसिर १०,काठमाडौ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाइएको छ ।

बुटवलबाट सैनामैना नगरपालिका तर्फ जाने क्रममा नेता पौडेललाई नेपाल विद्यार्थी संघ र तरुण दलका स्थानीय कार्यकर्ताले तिनाउ पुल नजिक रोडमा कालो झण्डा देखाएका हुन् ।

उनी रुपन्देहीको सैनामैना माद्यामिक विद्यालय रानिबगिया र पर्रोहा मा.बि.मुर्गियाको नव निर्मित भवनको उदघाटन गर्न जाँदै थिए ।

प्रहरीले कालो झण्डा देखाउने प्रदर्शनकारीलाई तत्कालै सडकबाट हटाएपछि नेता पौडेल आफ्नो गन्तव्यतर्फ लागेका छन् । कालो झण्डा देखाउने कसैलाई पनि नियन्त्रणमा नलिइएको प्रहरीले जनाएको छ ।