वागमती प्रदेशमा देशकै ५५ प्रतिशत संक्रमण

मंसिर १०, काठमाडौ – बिश्व महामारीको रुपमा रहेको कोभिड(१९ रोग बाट हाल सम्म नेपालमा २२४०७८ जना संक्रमित भएका छन । जस मध्ये १३६१ जनाको निधन भएको छ।

यसैैगरि बागमती प्रदेशमा मंगलवार सम्ममा जम्मा १२२९७२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जसमा करिब ९० प्रतिशत वा ११०९६९ जना निको भई डिस्चार्ज भईसकेको अवस्था छ भने ६६५ जनाको निधन भएको छ ।

मंगलवार यस प्रदेशमा १०७८ जनामा नयाँ संक्रमण देखिएको छ। हाल यस प्रदेशमा देशको कुल संक्रमणको करिव ५५ प्रतिशत संक्रमण रहेको छ ।