युबराज र सुनिताको स्वरमा ‘आफ्नोपन’ सार्वजनिक (भिडियो)

मंसिर ४, काठमाडौं  – युबराज आचार्य र सुनिता बुढा क्षेत्रीको स्वरमा आफ्नोपन बोलको गीत सार्वजनिक भएको छ ।

नारायण कँडेलको शब्द तथा डा. शिब सुबेदीको संगीत रहेको उत्त गीतमा बेचिएर उद्दारपछि घर फर्किएकी चेलिको कथा देखाइएको छ ।

बिनोद भण्डारीले निर्देशन गरेको भिडियोमा सनम कठायत र रोशनी कार्कीले अभिनय गरेका छन् ।

भिडियोका छायाँकार करण चैसिर हुन् भने विकास ज्ञवालीले सम्पादन तथा कलर गरेका छन् । भिडियोमा रबिन शर्माको न्यारेसन समेत सुन्न सकिन्छ ।