विश्वकप छनोट खेलमा पेरु र ब्राजिललाई हराउदै अर्जेन्टिना अगाडि

मंसिर ४, काठमाडौं सन् २०२२ मा कतारमा हुने विश्वकपका लागि दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले पेरुलाई २ ० गोलले हराएको छ ।
पेरुमा भएको खेलमा अर्जेन्टिनाले पहिलो हाफमै २ गोल गरेको हो ।

अर्जेन्टिनाका निकोलास गोन्जालेसले खेलको १७ औं मिनेटमा र लाउटरो मार्टिनेजले २८ औं मिनेटमा गोल गरे । जितपछि अर्जेन्टिना ४ खेलमा १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ । पेरु १ अंक सहित नवौं स्थानमा छ ।

त्यस्तै अपराजित ब्राजिलले उरुग्वेलाई २(० गोलले हराएको छ । ब्राजिलले पनि पहिलो हाफमै २ गोल गरेको थियो । ३४ औं मिनेटमा आर्थर र ४५ औं मिनेटमा रिचर्डलिसनले गोल गरेका हुन् ।