प्रभु बैंकको नाफा ३५ प्रतिशतले वृद्धि

मंसिर ३, काठमाडौं प्रभु बैंकले चालु आर्थिक वर्ष (२०७६(०७७) को प्रथम त्रैमासमा ८५ करोडभन्दा माथि मुनानाफा आर्जन गरेको छ ।
प्रथम त्रैमासको अपरिस्कृत विवरणअनुसार बैंकले ८५ करोड १४ हजार खुद मुनाफा आर्जन गरेको छ ।

बैंकको खुद मुनाफा गत आर्थिक वर्षको सोही अवधिको भन्दा ३५.२५ प्रतिशतले बढेको भन्दै बैकले गत आर्थिक वर्षको सोही अवधिमा ६२ करोड ८४ लाख ६७ हजार खुद मुनाफा आर्जन गरेको स्मरण गरेको छ ।

पहिलो त्रैमासमा बैंकले एक अर्ब ६९ करोड ३९ लाख २७ हजार खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा २०.४१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब ४० करोड ६८ लाख ४० हजार खुद ब्याज आम्दानी गरेको थियो । गत आवको पहिलो त्रैमासमा १२ करोड ४९ लाख ८० हजार प्रोभिजन गरेको बैंकले यो आवको सोही अवधिमा ८ करोड ६२ लाख ७२ हजार मात्रै प्रोभिजन गरेको छ ।

यस्तै बैंकले असोज मसान्तसम्ममा एक अर्ब २५ करोड १७ लाख ०४ हजार सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको सञ्चालन मुनाफा ८९ करोड ९ लाख ६६ हजार रहेको थियो । १० अर्ब ३१ करोड ५५ लाख ०७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा चार अर्ब ३० करोड ४६ लाख १२ हजार र सञ्चित कोषमा १ अर्ब ४० करोड १ लाख ३६ हजार रहेको छ । बैंकको निष्क्रिय कर्जा घटेर २.६७ प्रतिशमा कायम भएको छ ।

गत वर्ष बैंकको निष्क्रिय कर्जा ३.३२ प्रतिशत थियो । बैंकको पुँजीकोष अनुपात ११.६३ प्रतिशत छ । त्यस्तै कोषको लागत ६.८९ प्रतिशत, आधार ब्याजदर ७.३९ प्रतिशत र ब्याजदर अन्तर ४.३७ प्रतिशत छ । बैंकको सीसीडी रेसियो ७२.७९ प्रतिशत छ ।