जाडोमा यसरी गरौं ओठको सुरक्षा

 

मंसिर ३, काठमाडौं  – जाडो मौसममा शरीर सुख्खा हुने हुँदा ओठ पनि फुट्न सक्छ । यसलाई विशेष स्याहार गर्नुपर्छ । ओठ फूटेका बेला जिब्रोले ओठ नरम बनाउने धेरैको बानी हुन्छ ।

घाममा निस्कादा ओठमा चिपिस्टिक लगाएर निस्कनु पर्छ । ओठमा सिबेसियस ग्ल्यान्ड र हेयर फोलिकल नहुने भएकाले शरीरको अन्य भाग जस्तो गरी यो नरम रहन पाउँदैन । अनि ओठमा मेलेनिन पनि हुँदैन । छालाका अन्य भागमा मेलेनिनले सूर्यको परावैजनी किरणबाट बचाउँछ तर ओठ बच्न पाउँदैन । त्यसैले घरबाहिर निस्कादा नरमपना कायम राख्ने र पोषण दिने चिजको प्रयोग गर्नु पर्छ ।

ओठको सुरक्षाका लागि

– चिसो मौसमा हाम्रो शरीरमा पनी कम हुन सक्छ । शरीरमा पानीको मात्रा कम हुँदा पनी ओठ फुट्छ । त्यसैले पानी प्रसस्त मात्रामा पिउनु पर्छ ।

-बिहानीपख वा राति सुत्दाखेरी नाइटोमा मनतातो तेल लगाएमा ओठलाई नरम बनाउन सकिन्छ ।

– जाडोमा ओठ फुट्दा दूधको तरमा बेसारको धूलो मिसाएर बिहानबेलुका हातले हलुका मालिश गर्दा पनि ओठ फुट्न पाउँदैन ।

– गुलाफका ताजा पातहरूलाई पिँधेर त्यसमा ग्लिसरिन मिसाउनुस् र लिपस्टिकको साटो ओठमा यो लगाउन थाल्नुस् । यसो गर्दा ओठ फाटेको सही हुन्छ र त्यो सुन्दर पनि हुन्छ ।

–  दूधबाट निस्कने मक्खनमा केसर मिसाएर ओठमा लगाउँदा पनि ओठ गुलाफी र नरम हुन्छ ।