गौरीदेवीको पौरख- ‘तरकारी बेचेर जिविकोपार्जन, वार्षिक लाखौ आर्जन’

मंसिर ३, बाँके – कोहलपुर नगरपालिका –२ की गौरीदेवी शर्माले ५१ वर्षमा लागिन् । बृद्ध अवस्थामा पुग्न लागेकी उनी कोहलपुरका विभिन्न क्षेत्रमा ठेलामा फलफूल बेच्छिन् । उनले फुटपातमा फलफूल बेच्न थालेको पनि वर्षौ भइसक्यो । शर्माको जिविकोपार्जनको मुख्य स्रोत समेत यहि हो ।

दुब्लो शरिर, गोरो वर्ण, हसिलो अनुहार । उनी अक्कर सारीमा सचिएकी हुन्छिन् । हरियाली मार्गको मुख्य सडक छेउ नजिकै भेटिन्छिन् । उनी दैनिक घरको गर्जो टार्न दिनरात मेहेनत गर्छिन्। यही काम गरेरै उनले आफ्ना चारको सन्तानको आमा र बाबाको भूमिका निर्वाह गरिरहेकी छिन् । उनका १ छोरा र तीन छोरी हुन। छोरा वैदेशिक रोजगारीमा छन् । दुई छोरीले विवाह भइसक्यो। कान्छी छोरीको विवाह भएको छैन । अहिले उनी कान्छी छोरी र बुहारीहरुसँगै बस्दै आएकी छन् ।

गौरीदेवीको परिवार दैलेखबाट बाँकेमा बसाइँ सरेको हो।उनीहरु दैलेखको बाहुन गाउँ भन्ने ठाउँबाट कामको सिलसिलामा तराई झरेका थिए। उनी भन्छिन्, ‘पछि हामी यही संघर्ष गर्न थाल्यौ । आफ्नो भन्नु केही पनि थिएन। यतै दुःख गरेर अहिले पनि बसिरहेका छा ।’

घरको आर्थिक अवस्था मजबुत थिएन ।दैलेखमा हुँदा मध्यम खालको आयस्थिति भएका उनीहरु तराई झरेपनि काम गरेरै दैनिकी चलाउँथे।तराईमा बालबच्चा हुर्काउन र बढाउन दुईजनाले निकै कष्ट व्यवहोर्नु परेको उनी सुनाउँछिन्। पछि लामो समय फुटपातमा व्यापार गरेर घरजग्गा किनेको बताउँछिन् । सितादेवी भन्छिन्, ‘सानौ उमेरमा विवाह भयो। जवानीमा एक्ली हुन प¥यो। बुढेसकालको साहारा यही व्यापार भएको छ । मैले श्रीमानको माया त लामो समय पाउन सकिन। केट्केटीको माया अपार पाएको छु ।’ उनको १८ वर्षको कलिलो उमेरमा मागी विवाह भएको थियो ।

छोरीहरुले बुढेसकालमा काम नगर्न आग्रह गरिरहन्छन् । तर उनी केही समय यही व्यवसाय गर्ने सोचमा छिन् ।
कुनै बेला साँझ विहानको खर्च टार्नको लागि फुटपातमा फलफूल बेच्ने काम सुरु गरेकी उनी अहिले भने खर्च गर्न सहज होला भनेर काम गर्छिन्। घरको अभिभावक र आफ्नो श्रीमान हराएपछि सुरु गरिएको यो कामले उनलाई धेरै खुसी दिएको छ। यही व्यवसाय गरेर उनले साहुको ऋण तिरिन् । जग्गा खरिद गरिन । घर बनाइन् । दुई छोरीको विवाह गरिन् । अहिले नातीनातिनीहरुलाई पढ्ने खर्च जुटाउँछिन् ।

उनका अनुसार दिनमा सरदर १ हजार देखि २ हजारको बीचमा कमाइ हुन्छ। घरमा आवश्यक खर्च गरेर १० देखि १५ हजार नाफा हुन्छ। फुटपातमा धुलोमाटो सहेर उनले वार्षिक लाखौं कमाउँछिन्। स्वदेशमा बसेर रोजगारी पाइएन भन्नेहरुका उनले राम्रो पाठ पढाएकी छिन् ।

आफू एक्ली भएर पनि साहसका साथ जिन्दगी जिइरहेकी उनका अब दुई वटा लक्ष्य छन्। वर्षौंदेखि बेपत्ता अवस्थामा रहेका श्रीमानको न्यायको लागि लड्ने र कान्छी छोरीको आफ्नै हातबाट कन्यादान गरिदिने ।

‘अब कति नै बाँचौला ररु सबै दुःख सुख भोगिसके। यति काम गर्न पाए हुन्थ्यो,’उनले आफ्ना कुरा सकाउँदै भनिन् । एकल महिला समेत रहेकी उनका श्रीमान १२ वर्ष अघि रोजगारीको लागि भारतमा गएपछि उतै बेत्ता भएका थिए ।अहिले सम्म मरेका छन् की जिउँदै छन् । केही अत्तोपत्तो छैन ।

२०६२ मंसिर १२ गतेदेखि उनका श्रीमान बेपत्ता अवस्थामा छन् । ती दिन सम्झिदाँ अहिले पनि गौरीदेवी शर्माका आँखा रसाउँछन्। गला अवरुद्ध हुन्छ। चम्किलो अनुसारमा एकाएक कालो वादल मडारिन्छ।एकातिर श्रीमानको खोजी, अर्कातिर बालबच्चा हुर्काउने जिम्मेवारी सबै पुरा गरिन्। सन्तानको खुसीको लागि उनले आफ्ना रहर मनभित्रै गुम्साएर राखेकी छन्। भौतिक शरीर रहुञ्जेल श्रीमानका विषयमा खाँटी कुरा थाहा पाउन पाए हुन्थ्यो भन्ने लागेको छ।