कोरोना संक्रमित डा केसीको उपचार खर्च सरकारले व्यहोर्ने

कात्तिक २९, काठमाडौं –कोरोना संक्रमित भएर उपचार गराइरहेका चिकित्सा शिक्षा अभियन्ता डा गोविन्द केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ।

प्रधानमन्त्री केपी ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने जनाएका हुन्।

प्रधानमन्त्री ओलीले डा केसीको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्।

बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि केसीको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ।