कुकुर ट्रेनर प्रविण भन्छन् ‘कुकुर किताब जस्तै हो, जति पढ्यो त्यत्ति बुझिन्छ’

कात्तिक २९, काठमाडौं  – तिहारको दोस्रो दिन आज कुकुर पूजा गरिदैछ । कुकुरलाई मानीसकहरुको सच्चा साथीको रुपमा लिने गरिन्छ । भैरवको बहानको रुपमा कुकुरलाई हिन्दु धर्मशास्त्रमा ब्याख्या समेत गरिएको छ । घरको सुरक्षाा गर्नु, बफादार हुनु देखि प्रहरीलाई अपराधी पत्ता लगाउने सक्ने भएकाले पनि कुकुर लोकप्रिय बन्दै गएको छ ।

पछिल्लो समय मानिसहरुमा कुकुर मोह बढेको बताउछन् के नाइन डग ट्रेनिङ  सेन्टरका सञ्चालक प्रविण बर्जचार्य । उनका अनुसार आजभोली कुकुरलाई घरको सदस्यको रुपमा लिने गरिन्छ ।  घरमा कुकुर पाल्दा भने मानिसहरुक धेरै कुरामा अनबिज्ञ रहेको उनी बताउछन् । कुकुर पाल्न के गर्ने ? कुकुरको स्याहार कसरी गर्ने भन्ने बारेमा इमेल खवर डटकमले उनै बर्जचार्यसंग कुराकानी गरेको छ । प्रस्तुत छ उनीसंग गरिएको कुराकानीको संक्षिप्त अंश ।

आज कुकुर तिहार  कसरी मनाउदै हुनुहुन्छ ?

हामी कुकुर पुजा यहां ट्रेनिङ सेन्टरमा मनाउछौं । यहा बिभिन्न प्रजातीका कुकुरहरु छन् । उनीहरुलाई पुजा गछौं । माला लगाउछौं अनि मिठो मिठो खानेकुरा दिने गछौं । कुकुरहरुलाई नचाउने हसाउने गछौं । उनीहरुसंग खेल्दै रमाइलो गर्दै कुकुर तिहार मनाउछौं ।

कुकुर किन पाल्ने ? के छ महत्व बताइदिनुस न ?

कुकुर मानिसहरुको सच्चा साथी हो । कुकुर एकदमै इमान्दार र बफादार हुन्छ ।कुकुरलाई मानिसहरुको मिल्ने साथीको रुपमा लिइन्छ । घरमा कुकुर हुदा निराशा हट्दछ । खेल्ने रमाउने बातावरण बन्दछ । एक्लोपन हुदैन ।

घरमा कुकुर पाल्दा के के कुरामा ध्यान दिनुपर्दछ ?

कुकुर पनि मानीससंग खेल्न रमाउन चाहान्छ । त्यसकारण कुकुर पाल्नका लागी समय आवश्यक पर्दछ । आफुलाई समय छ कि छैन सोहि अनुसार कुकुर पाल्ले सोच बनाउनु पर्दछ । यदि समय छैन भने कुकुर पाल्ने सोच राख्नुहुदैन । घरमा कुकुर पाल्दा खर्च पनि त्यत्तिकै हुन्छ । सामान्य कुकुर पाल्दा पनि मासिक ३० देखी ४० हजार खर्च गर्नुपर्दछ ।खर्चको निर्धारण पनि गर्नुपर्दछ । कुकुरहरु मायाका भोका हुन्छन् । कुकुर पाल्नका लागि मनमा माया पनि हुनुपर्दछ । त्यस्तै घरमा कुकुर खेल्न स्थानको पनि ख्याल गर्नुपर्दछ । कुकुरसँग खेलेर हेलमेल बढाउने, तालिम दिने, निश्चित समयमा निश्चित खाना ख्वाउने निश्चित तालीका बनाउनु पर्दछ ।

कुकुरको भाषा कसरी बुझन सकिन्छ ?

कुकुर भनेको एउटा किताब जस्तै हो, उनीहरुलाई जति पढ्यो त्यत्ति बुझिन्छ । कुकुरको भाषा बुझन र बुझाउन ट्रेनरहरुको सहायता चाहिन्छ । प्रजातीअनुसार कुकुरका बिशेषताहरु हुन्छन् । उनीहरुको हाउभाउ एक अर्कामा मिल्दोजुल्दो हुहन्छन् । कुकुर पाल्ले ब्यत्तिहरुले उनीहरुको स्वाभाव बुझन जरुरी हुन्छ । उनीहरुको बिशेषता र स्वाभाव बुझन नसक्दा मान्छेलाई साथसाथै कुकुरलाई पनि समस्या हुन्छ । मानिसले कुकुर पालिसकेपछि ै आदेशअनुसार चलाउन खोज्छन् कतिपय मानिसले अनावश्यक रूपमा कुटपिट गर्ने, खाना नदिने जस्ता कार्यहरु गर्ने गर्दछन् । यसो गर्दा कुकुरमा नकरात्मक असर पर्छ र ऊ अझ अटेरी हुन्छ । त्यसैले यो कुरामा निकै बुद्धि पु¥याएर काम गर्नु उचित हुन्छ ।

कुकुरको सरसफाई कसरी गर्ने ?

कुकुर प्रेमीहरुले कुकुरको सरसफाईमा नि त्यत्तिकै ध्यान दिनु जरुरी छ । घरपालुवा कुकुरहरुको हरेक पार्ट सरसफाई गनुपर्दछ । उनीहरुको पञ्जा देखि कान, नङ सबै सफा गर्नुपर्दछ । समय समयमा नुहाइदिने पनि गर्नुपर्द । कुकुरलाई पनि मोस्चराइजरको आवश्यकता पर्दछ । चिसो मौसममा उनीहरुको पञ्जा फुट्ने सुख्खा हुने गर्दछ । त्यसकारण उनीहरुको पञ्जामा पनि मोस्चराइजर लगाइदिनु पर्दछ । समय समयमा चिकित्सकसंग पनि सल्लाह लिने गर्नुपर्दछ ।

नेपालमा कुन प्रजतिका कुकुर बढी पालिन्छ ?

नेपालमा बढी पालिने कुकुर भनेको जापानिज स्पिट्ज र जर्मन शेफर्ड हुन् ।

तस्बीर ब्रजचार्यको फेसबुकबाट