मोबाइल बैकिङबाट दक्षिणा दिँदा एनआइसी बैंकबाट १०० रुपैया प्राप्त गर्न सकिने

कात्तिक २९, काठमाडौं – भाइटिकामा दिदीबहिनीलाई मोबाइल बैकिङ प्रयोग गरि दक्षिण् दिएमा एनआइसी बैंकले दक्षिणा रकममा थप रू.१०० रुपैया थपिदिने भएको छ ।

यस योजना अवधीभर बैंकको तर्फबाट एक जनाले अधिकतम रू. ३०० सम्म दक्षिणा प्राप्त गर्न सक्नुहुनेछ । उक्त रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहक महानुभावको बैंक खातामा जम्मा गर्नेछ ।

यस योजनाअन्तर्गत MoBank एप प्रयोग गरी दक्षिणा दिँदा बैंकका ग्राहकहरूले  MoBank एपमा रहेको  Digital Dakshina  ’ मा ट्याप गरी आफुले दिन चाहेको रकम, एकाउन्ट नम्बर, खातावालाको नाम तथा Remarks  मा  BHAITIKA मा  जस्ता विवरण अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने बैंकले बताएको छ ।

भाईटिकाको दिन दिदीबहिनीहरूको हातबाट टिका ग्रहण गरेपछि दाजुभाईले सगुनस्वरूप दक्षिणा दिने प्रचलन रहिआएकोमा डिजिटल माध्यमको प्रयोग गरी दक्षिणा स्थानान्तरण गर्दा डिजिटल बैंकिङ्ग प्रवद्धनमा समेत सघाउ पुग्ने विश्वास बैकको छ ।