चलचित्र ‘भाँडाकुटी’मा बेनिशा र मुकुनको जोडी बाँधिने

कात्तिक २, काठमाडौ – चलचित्र ‘भाँडाकुटी’मा बेनिशा र मुकुनको जोडी बाँधिने भएका छन ।

शनिवार एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘भाँडाकुटी’को निर्माण घोषणा गरिएको छ । चलचित्रमा नायिका बेनिशा हमाल र नायक मुकुन भुषालको मुख्य भूमिकामा रहने छन् ।

वैवाहिक परिवेश र सामाजिक परिस्थितिको कथामा निर्माण हुन लागेको चलचित्रलाई किरण बिकले निर्देशन गर्ने भएका छन। आगामी फागुनबाट बुटवलमा खिचिने यस चलचित्रको कथा पनि निर्देशक विकले नै लेखेका हुन् ।

सामाजिक विषयवस्तुलाई फरक र सुन्दर शैलीमा प्रस्तुत गर्न आफूले यस चलचित्र मार्फत कोसिस गर्ने निर्देशक विकले बताएका छन् ।