पिरियड्सको दुखाईबाट छुट्कारा पाउन जानी राखौं सजिला घरेलू उपायहरु

अधिकांश महिलाहरुका लागि पिरियड्स (महिना वारी) पिडादायी बिषय बनेको हुन्छ । यस समयमा अधिक पेट दुख्नाले  पिरियडसलाई लिएर उनीहरुको मनमा डर बसेको हुन्छ । दुखाईबाट छुट्कारा पाउन महिलाहरु विभिन्न पेनकिलरहरुकोसेवन गर्ने गर्दछन् तर त्यस्ता दुखाइनिवारक औषधीको साइडइफक्ट पनि रहेको हुन्छ । चिकित्सकको सल्लाहा विना लामोसमय सम्म पेनकिलरको सेवनले शरीरमा नकारात्क असर गरेको हुन्छ । तसर्थ, हामीले दुखाईलाई कम गर्न केही घरेलु उपाय (खानपान) जानीरख्दा सरल र उपलब्धिमुलक हुनसक्छ ।

मेवा : मेवालाई गर्मीयुक्त फलको रुपमा लिने गरिन्छ । दुखाईको एक प्रमुख कारण खुलेर फ्लो नहुनु हो यस्तोमा मेवा खाँदा राम्रो फ्लो हुने गर्दछ र दुखाईबाट आराम मिल्छ । यसबाहेक मेवा पेटकोलागि पनि निकै राम्रो मानिने गर्छ र यसले पाचन प्रकृयालाई पनि चुस्त राख्दछ ।

अदुवा वा मरिच : महिनावारीका दिनहरुमा अदुवाको चिया बनाएर पिउँदा दुखाईमा आराम आउने गर्दछ चियामा तपाईले मरिच पनि मिसाउन सक्नुहुन्छ ।

जुवानो  :  जुवानो पनि यस समयमा निकै फइदाजनक हुन्छ । यसमापनि गर्मीयुक्त तत्व रहेको हुन्छ जसले पेटमा रहेको ग्यसको समस्यामालाई निर्मूल गर्दछ । पिरियड्स को समयमा ग्यसको पनि समस्या आउने र दुखाईलाई थप बढाउने भएकाले जुवानोको सेवनले दुखाईमा राहत मिल्छ ।

जीरा  :  यसले गर्भाश्यलाई सफा गर्दछ । जीरामा दुखाई निवारक गुण पनि पाइने गर्दछ । यसलाई पानीमा उमालेर चियाको रुपमा पुउन पनि सकिन्छ ।

तुलसीको पात  :  तुलसीको पातमा पनि दुखाईनिवारक तत्व रहेको हुन्छ । यसलाई पनि चियामा राखेर पिउदा दुखाइ मा राहात मिल्छ ।

मेथी  :  सुत्नु अघि एक ग्लास पानिमा एक टिस्पुन मेथी भिजाउने र विहान उठेर पानीलाई मनतातो बनाइ पउने ।

तातो पानीले सेकाइ :  हट ब्याग वा बोतलमा तातो पानी राखी दुखेको ठाउँमा सेक्दा पनि दुखाईबाट आराम मिल्छ यो पारम्परिक विधि पनि हो ।

तिलको तेल  :  पेटको तल्लो भागामा तिलको तेल लागाइ हल्का हातले गर्ने जसले न्यानो पन उन्पन्न गरि दुखाईमा आराम दिन्छ ।

ऐक्ससाइज  :  सोधहरु भन्छन् एरोबिक्सले पेनमा निकै राहात मिल्छ । जुन महिलाले लगातार २ महिना सम्म एक हप्तामा तिन पटक दिनको आधि घण्टा सम्म एरोबिक्स गर्छन् त्यसता महिलाहरुलाई पिरियड्यसको समयमा दुखाई विस्तारै कम हँुदै जान्छ । यदि तपाँइ नियमित योग गर्नुहुन्छ भने दुखाईसँग सम्बन्धित योगा पोजहरु पनि गर्न गर्न उचित हन्छ ।

मेडिटेशन  :  साँस भित्र बाहिर गर्ने तरिकाले पनि तपार्इँलाई केहि राहात दिलाउछ । यसले मांसपेशीहरुलाई रिलेक्स गर्दछ यसलाई रिलेक्सेशन् टेकनिक पनि भनिन्छ । यसले रक्त संचारलाई राम्रो बनाइै मस्तिष्कलाई आरामको अनुभूति दिलाउने गर्दछ । यसले दुखाई उत्पन्न गर्ने होर्मोन्सलाई कम गराई राहतको आभास दिलाउँछ ।

नुन कम पानी धेरै  :  पिरियड्सको केहि दिन यता नुनको सेवन कम गर्ने मसलादार, भुटेतारेको खानाकाहरु कम खाने । समय समयमा पानी प्रस्तत पुउने, शरिरलाई डिहाईड्रेट हुन नदिने ।