हङकङले नेपाल एयरलाइन्सको उडान दुई साताका लागि रोक्यो

असोज २०, काठमाडौं – नेपाल एयरलाइन्स चढेर हङकङ पुगेका ६ जना यात्रुमा कोरोना भाइरसको पुष्टि भएपछि हङकङले नेपाल एयरलाइन्सलाई कारवाही गरेको छ ।

नेपाल एयरलाइन्सको उडान अनुमति दुई साताका लागि रद्द भ्एको हो । नेपालबाट अधिकतम ७२ घण्टा अगाडिसम्मको पीसीआर रिपोर्ट देखाएमा हङकङ जान पाइने प्रावधान रहेको थियो ।

नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार नेपालबाट कोरोना परीक्षण पीसीआर रिर्पोट नेगेटिभ आएकै यात्रुमा समेत हङकङमा कोरोना देखिएको हो ।

यात्रुको लापरवाहीको शिकार नेपाल एयरलाइन्स परेको हो । ४ अक्टोबरबाट लागेको प्रतिवन्ध अब १७ अक्टोवरमा मात्र फुकुवा हुने भएको छ ।