कोरोना कहर : एकै दिन २७ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी

असोज १६, काठमाडौं- नेपालमा गएको २४ घण्टामा २७ सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ८२ हजार चार सय ५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४ हजार सात सय २२ जनाको नमुना परीक्षण गर्दा २७ सय २२ जनामा सङ्क्रमण देखिएको हो ।

त्यस्तै गएको २४ घण्टामा ३३ सय सात जना निको भएर फर्किएका छन । यो संगै डिस्चार्ज हुनेको सङ्ख्या ६० हजार ६ सय ९६ पुगेको छ ।

अब नेपालमा चार हजार आठ सय ८५ जना क्वरेण्टीनमा रहेका छन भने २१ हजार दुई सय ३४ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय २० पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

आज डिस्चार्ज भएका र सङ्क्रमण पुष्टि भएकाको सङ्ख्या अहिले सम्म कै धेरै हो ।