प्रदेश ५ स्थायी राजधानी दाङको भालुवाङ तोकियो

असोज, १६ दाङ  : प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी तोकेको छ । दाङको भालुवाङ बनाउने गरी मन्त्रीपरिषद् बैठकले निर्णय गरेको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको शीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई तोकिएको हो । प्रदेश ५ मा राजधानीको विषयमा लामो समय देखि राजधानी र नाम टुंगो लाग्न सकेको थिएन । प्रदेश ५ नाम लुम्बेनी प्रदेश प्रस्ताव गरिएको छ ।