बाँकेमा एक कोरोना संक्रमितको मृत्यु

असोज १४,बाँके- बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको ज्यान गएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले नेपालगन्ज उपमहानगरपालिका १ की ३५ बर्षीया महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको पुष्टि गरेको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि ती महिला असोज २ गते भेरी अस्पतालमा भर्ना भएकी थिइन् । उनको त्यसैदिन कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको थियो । त्यसको भोलिपल्ट रिर्पोट पोजेटिभ आएपछि उनलाई कोभिड आइसोलेसन वार्डमा सारिएको थियो ।

उनको उपचारकै क्रममा आज दिउँसो सवा दुई बजे उनको मृत्यु भएको केन्द्रले जनाएको छ । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।