बाँकेका १० जनामा कोरोना संक्रण पुष्टी

असोज १४,बाँके- बुधबार बाँकेका १० जनामा कोरोना संक्रमित थपिएका छन । भेरी अस्पताल नेपालगन्जले जारी गरेको विरवण अनुसार बाँकेका १० र बर्दियाका ४ गरी १४ जनामा संक्रमण देखिएको हो ।

जसमध्ये बर्दियाका ४ जना प्रहरी रहेको अस्पताल स्रोतले जनाएको छ । बाँकेका संक्रमितहरु सबै नेपालगन्जका हुन । पछिल्लो २४ घण्टामा ९५ जनाको स्वाव परिक्षण गरीएकोमा १४ जनामा मात्र संक्रमण पुष्टि भएको अस्पतालले जारी गरेको विरवणमा उल्लेख गरीएको छ ।