जिङ्गल गाँउदा गाँउदै यसरी बने यी गायक म्युजिकका ‘शान’ (भिडियो)

 

काठमाडौ – भारतका लोकप्रिय गायक शान आफ्नो मधुर स्वरका कारण चर्चित छन । उनले थुप्रै गीतमा आफनो स्वरको मिठो मिश्री घोली सकेका छन । उनले गाएका हरेक गीतमा मानिसहरु लठ्ठिएका छन् । चाँद सिफारिस, जबसे तेरी नेना, बहेती हवा सा, हम बेवफा, दिल क्या करे आदि गीतहरु शानका शदाबाहार सुपर हिट गीतहरुमा आउने गर्दछ । आज शान आफनो परिवारसंग ४८ औं जन्मदिन मनाउदै छन् । यही मौकामा आज उनको विषयमा केहि नसुनेका कुराहरु जानौ ।

शानको जन्म भारतको मध्यप्र्रदेश खडंवा जिल्ला मा भएको हो । उनको वास्तविक नाम सांतनु मुखर्जी हो । उनको घरमा पहिले देखिनै साङ्गीतिक माहोल थियो । उनका हजुरवुवा गितकार थिए र उनका पिता मानस मुखर्जी एक म्युजिक डाइरेक्टर थिए । उनकी बहिनी पनि सिङ्गर थिइन् । शानले परिवारको यस विरासतलाई अघि बढादै म्युजिकलाई आफनो करियर बनाउने तय गरेका हुन ।

शनले फिल्मा गाउनु अघि विज्ञापनको लागि जिङल गाउने गर्थे । यही बाट उनको बलिउडका लागि ढोका खुल्यो । उनले १७ बर्षको उमेरमा फिल्म पंरिदा मा सन १९८९ मा आफनो स्वर दिएका थिए तर त्यसमा उनले गाउनको लागि एक लाइन मात्र पाएका थिए । उनले आफनो लामो करियरमा सुपरडुपर हिट फिल्मका गीतहरुमा आफनो स्वर दिएका छन् । उनले थ्री इडियट्समा, तारे जमिन पर, कल हो ना हो, जब वी मेट, ओम शान्ती ओम, हे बेबी, टोटल धमाल, सिंह इस ब्लिंग, फना, तेरे नाम, हमको दिवाना कर गए जस्ता फिल्का गीतका लागि आफनो स्वर दिइसकेका छन् । यति मात्र नभई उनले बङ्गाली, तेलुगु, मराठी, उर्दु र अङगेजी गीहरु पनि गाई सकेका छन् ।