मंसिर ११ र १२ गते ‘भिटामिन ए’ खुवाईने

असोज १४, काठमाडौ- राष्ट्रिय भिटामिन ए कार्यक्रम आगामी मंसिर ११ र १२ गते सञ्चालन हुने भएको छ ।

यसअघि कार्तिक २ र ३ गते यो कार्यक्रम तय गरिएको थियो । देशभरका ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ए, १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम खुवाइने छ ।

परिवार कल्याण महाशाखाका निर्देशक डा. भीनसिन तिंकरीले मंसिर ११ र १२ गते भिटामित ए र जुकाको औषधि खुवाउने कार्यक्रम रहेको जानकारी दिए ।  उनले भने, नियमित कार्यक्रम अन्तर्गत हरेक वर्ष वैशाख र कार्तिकमा भिटामिन ए खुवाउने कार्यक्रम हो तर कोरोना महामारीका कारण वैशाखमा हुन नसकेकोपछि एक महिना ढिला भयो । ६ महिनाको अन्तरमा खुवाउनुपर्ने भएकाले समय मिलाउन मंसिरमा समय तोकिएको हो ।’

महाशाखाका अनुसार देशभरका २७ लाख बालबालिकालाई भिटामिन ए, ६ लाख बालबालिकालाई बालभिटा र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।