दार्चुलामा होटलमा मृत भेटिए सई

असोज ९, दार्चुला – दार्चुलाको होटलमा नेपाल प्रहरीका एक जना सई मृत फेला परेका छन् ।

महाकाली नगरपालिका(४ बंगाबडाको एक होटलमा बास बसेका कैलाली टीकापुरका सई ध्रुव रावल आज बिहान मृत फेला परेका हुन् ।

उनको शव शुक्रबार बिहान होटलको बाथरुम अगाडि लडिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीका अनुसार सई रावलको सरुवा इलाका प्रहरी कार्यालय हुतीमा भएको थिए । हुती जाने क्रममा उनी होटलमा बास बसेका थिए ।

सई रावलको मृत्यु कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।