टिभी शो मार्फत अक्षय कुमारले बनाए इतिहास

असोज ९, काठमाडौ-  बलिउड फिल्म अभिनेता अक्षय कुमार हालै टिभीको पर्दामा देखिएका छन । उनि शो ‘इन टु द वाइल्ड विथ बेयर ग्रिल्स’ मा देखिएका हुन । यो शो अहिलेसम्मको सबैभन्दा धेरै पटक हेरिएको टिभी शो हो । इन टु द वाइल्स विथ बेयर ग्रिल्सको अक्षय कुमार भएको एपिसोड १४ सेप्टेम्बर २०२० मा प्रसारण भएको थियो ।

यो शोलाई कर्नाटकको बान्दीपुर टाइगर रिजर्वमा यसै वर्ष जनवरीमा सुट गरिएको थियो । २४ लाख इन्प्रेशन पाएको यो शोले इतिहासमा अहिलेसम्म धेरैपटक हेरिएको कार्यक्रमको सूचीमा दोस्रो स्थान ओगटेको छ । अक्षय कुमार भएको इन टु द वाइल्ड विथ बेयर ग्रिल्स कार्यक्रम इन्फोटेनमेन्ट जनरामा सर्वाधिक हेरिएको दोस्रो शो बनेको हो । एजेन्सी