बाँकेमा एक कोरोना संक्रमितको मृत्यु

असोज ९, बाँके – बाँकेमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत एक पुरुषको मृत्यु भएको हो ।

स्वसथ्य कार्यालय बाँकेका अनुसार मृतक नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ का ५२ वर्षीय पुरुष हुन् ।

योसँगै बाँकेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ । नेपालगञ्जका मात्रै ९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । उनको दुवै तर्फको फोक्सोमा निमोनियाको समस्या थियो ।