बाजुरामा दलित समुदायलाई विकासमा उपेक्षा गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी

असोज ८,बाजुरा- बाजुरा जिल्लाको बडीमालिका नगरपालिका – ५ का दलित समुदायले वडा कार्यालयमा तालाबन्दी छन् ।

वडा कार्यालयले विकास प्रक्रियामा दलित समुलायलाई उपेक्षा गरेको भन्दै स्थानीयले वडामा तालबन्दी गरेका हुन् ।

चालु आर्थिक वर्षमा वडामा संचालन हुने विकास निर्माणका योजनामा आफूहरुलाई समावेश नगरेको उनीहरुको आरोप छ ।

शुक्रबार वडा नम्बर ५ को कार्यालयमा उनीहरुले हरेक विकास प्रक्रियामा दलित समुदायलाई समावेश गर्नुपर्ने माग सहित ४० दलित परिवारहरुले विहिबार वडा कार्यालयमा कार्यालयको दैनिक काम नै प्रभावित गरिदिएका हुन् ।

वडा अध्यक्ष बलबहादुर थापा र वडा सदस्य दलबहादुर साउँदले तालाबन्दी गर्न गएका दलित समुदायका व्यक्तिहरुलाई असभ्य र अपमानित शव्द बोलेकोले वडा कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको स्थानीय पुष्प मिजार बताउँछन् ।

बडीमालिका ५ नम्बर वडाले हिजोमात्रै वडामा चालू आर्थिक वर्ष २०७७र०७८ मा निर्माण हुने योजनाहरुको उपभोक्ता समिती गठन कार्य सम्पन्न गरेको थियो ।