बझाङमा मन्दिरभित्र १२ वर्षीया बालिका मृत भेटिइन्

असोज ८,बझाङ-सुदुर पश्चिम प्रदेशको बझाङ जिल्लामा एक बालिका मन्दिरभित्र मृत अवस्थममा फेला परेकी छन् ।

शुक्रबार जिल्लाको मष्टा गाउँपालिकामा एक १२ वर्षीया बालिका मन्दिरमा मृत अवस्थामा फेला परेकी हुन् ।

ती बालिकाको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङ प्रहरी प्रमुख रुपक खड्काका अनुसार मृतक मष्टा गाउँपालिका–२ खिकाला बस्ने १२ वर्षीया बालिका सम्झना कामी हुन् ।

बुधबार साँझ गोठमा गाइवस्तुलाई घाँस हाल्न हिँडेकी थिइन् ।

तर बिहिबार मन्दिरमा हत्या भएको अवस्थामा शव फेला परेको उनले बताए ।

प्रमुख रुपक खड्काले बालिकाको शव स्थानीय शिव मन्दिरभित्र शरीरको तल्लो भाग नग्न रहेको अवस्थामा फेला परेको पनि जानकारी दिए ।
हत्याको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।