कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल

असोज ८ ,सुर्खेत- कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा सिल गरिएको छ ।

बिहिबार एक कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल गरिएको हो ।

एक सूचना जारी गर्दै कर्मचारीमा कोरोना संक्रमण पृष्टी भएपछि ३ दिनका लागि महाशाखा सिल गरिएको जनाइएको छ ।

मन्त्रालयका सचिव लोकनाथ पौड्यालद्धारा हस्ताक्षरीत सुचना पत्रमा असोज ८, ९ र १० गते ३ दिनका लागि स्वास्थ्य सेवा महाशाखा सिल गरिएको उल्लेख छ ।

कर्णालीमा दैनिक कोरोना संक्रमण देखिएको छ ।