झापामा कोरोनाका कारण ७७ वर्षीय पुरुषको मृत्यु

असोज ८,झापा -झापामा कोरोना संक्रमणका कारण एक ७७ वर्षीय पुरुषको मृत्यु भएको छ ।

झापाको दक्षिणी क्षेत्र भारतसँग सीमा जोडिएको झापा गाउँपालिका वडा नं ६ निवासी वृद्धको मृत्यु भएको हो ।

उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताए ।

उनको शव स्थानीय रानी सामुदायिक वन क्षेत्रमा नेपाली सेनाले व्यवस्थापन गरेको छ ।

उनका छोरा झापाको बिर्तामोडबाट गत भदौ २४ गते बुवा भेट्न आएका थिए ।

त्यसपछि यही असोज ३ गते आएको छोराको पिसिआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

छोराले भेटेर गएपछि पितामा सामान्य ज्वरो र रुघाखोकीको लक्षण देखिएको थियो । छोराले भेटेर गएपछि बुवाको कोरोनाबाट मृत्यु भएको बताइएको छ ।