कियाका गाडी किन्न एनआइसी एसिया बैंकबाट ८.२५ प्रतिशत ब्याजमा ऋण

भदौं ३१,काठमाडौं –  किया ब्रान्डका सवारी खरिद गर्ने प्रयोजनका लागि एनआइसी एसिया बैंकले ८.२५ प्रतिशत ब्याजदरमा नै कर्जा उपलब्ध गराउने भएको छ ।

यससम्बन्धी एनआईसी एसिया बैंक लिमिटेड र कियाका सवारीको नेपालका लागि आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिबीच बैंकलाई वित्तीय साझेदार बनाउने समझदारी भएको हो।

समझदारीपत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र कम्पनीको तर्फबाट सहायक निर्देशक श्री आशिष पौडेलले हस्ताक्षर गरेका हुन्।

बैंकले ल्याएको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८.२५ प्रतिशत ब्याजदरमा ०.२५ प्रतिशत सेवा शुल्क थप हुने जानकारी बैंकले दिएको छ। तर काठमाडौं उपत्यकाका उपभोक्ताहरूले सेवा शुल्क लाग्दैन।

बैंकले ४८ घण्टाभित्रै कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरेको छ। बैंकले मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ।