सिटी एक्सप्रेले ल्यायो सिटी एक्स्प्रेस “गल्बन्दी टिक–टक च्यालेन्ज”

भदौं ३१, काठमाडौं – सिटी एक्सप्रेस मनी ट्रान्स्फरले टिक–टक प्रयोगकर्ताहरुका लागी “सिटी एक्सप्रेस गल्बन्दी टिक–टक च्यालेन्ज”को आयोजना गरेको छ । गायक प्रकाश सपुतको चर्चित  “गल्बन्दी” गीतको मुख्य प्रायोजक रहेको सिटी एक्सप्रेसले सोही गीत स्मरण गराउदै सिटी एक्सप्रेस गल्बन्दी टिक–टक च्यालेन्जको आयोजना गरेको हो ।

सो च्यालेन्जमा सहभागी हुने मध्ये प्रथम , द्वितिय तथा तृतिय उत्कृष्ट भिडियोले क्रमश रु १५००० , रु १००००, र रु ५००० नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् । साथै छनोटमा परेका उत्कृष्ट १० भिडियोलाई रु ५०० बराबरको मोबाईल टप अप प्रदान गरिने  एक्स्प्रेसले बताएको छ। भिडियो यही असोज १४ गते सम्म पोस्ट गरी सक्नु पर्नेछ जस्को नतिजा असोज २० गते प्रकाशन गरिनेछ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा  बिगत १४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया , अष्ट्रेलिया,लगायत संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटीएक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो,सहज र सुरक्ष्तितरिकाले भुक्तानीप्रदानगर्ने,कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।