प्रशिक्षक बिष्ट भन्छन् -‘कोरोना संगसंगै अब खेलकुदलाई पनि अगाडि बढाउनु पर्दछ ।’

भदौ ३०, काठमाडौ – नेपालमा कोरोना कहरसंगै खेलकूद गतिबीधि ठप्प छन् । खेलकूद गतिबीधि सञ्चालन नहुदा प्रशिक्षक देखि खेलाडीहरु फुर्संदिला बनेका छन् । खेलकूद प्रतियोगीता नहुदा खेलाडीहरुलाई बेरोजगारको समस्याले सताउन थालेको खेलाडीहरु बताउछन् । यसै सन्र्दभमा कोरोनाले खेलाडीमा कस्तो असर परेको छ ? यो समयमा खेलाडीहरु के गर्नु पर्दछ भन्ने बिषयमा एक जना पाका प्रशिक्षक दिपक बिष्ट संग इमेल खवर डटकमले कुराकानी गरेको छ । उनि किर्तिमानी तेक्वान्दो खेलाडी हुन ।

कोरोनाको कारण लामो समयदेखि खेलकुद गतिबिधि ठप्प छ । खेलाडीहरुमा कस्तो असर परेको छ ?

कोरोना महामारीको सबैभन्दा बढी असर खेलाडीहरुमा परेको छ । खेलकुद गतिबिधिहरु शुन्य भएको करिब ८ महिना पुग्न लागेको छ । यसका कारण मैदानमा उत्रिने प्रशिक्षक देखि खेलाडीहरु घरमै बस्न बाध्य भएका छन् । बिशेषगरी खेलाडीहरुको आ आफ्नो लक्ष्य हुन्छ । लक्ष्य पुरा गर्नका लागि खेलाडीहरुका लागि कोरोना बाधक बनेको छ । खेलाडीहरुको क्षमता दिनप्रतिदिन ओरालो लाग्न थालेको छ । जसले गर्दा खेलाडीहरुमा चिन्ता थपिएको छ । कोरोनाको डर क्रास संगै मानसिक तनाव पनि बढेको छ । यस समयमा धेरै खेलाडीहरु बेरोजगार बनेका छन् । उनिहरुले आर्थिक समस्या पनि झेल्नु परेको छ ।

बेरोजगार बनेका खेलाडी तथा प्रशिक्षकहरुलाई सम्बन्धित निकायबाट कुनै सहयोग पाउनु भएको छ की ?

अधिकांश खेलाडीहरु तलबमा छन् । जस्तै आर्मी क्लब, पुलिस क्लबका खेलाडीहरुलाई आम्दानीको कुनै चिन्ता छैन । तर जो खेलाडीहरु तलबमा छैनन् उनीहरु बेरोजगार बनेका छन् । यस्तो समयमा खेलकुद परिषद र युवा तथा खेलकूद मन्त्रालयले सहयोग गर्न सकेको छैन । खेलाडीहरुको सोधिखोजी त गरेको छ । तर, आर्थिक रुपमा खेलाडीहरुलाइ कसरी सबल बनाउने भन्ने बिषयमा ध्यान दिएको छैन । खेलाडीहरुलाई केही संस्थाहरुले सहयोग गर्ने र बिमा गराउने काम भने गरिरहेको छ ।

कोरोना कहरको असर लामो समय पर्ने देखिन्छ । यस्तो अवस्थामा खेलकूद गतिबिधि ठप्प हुनु कत्तिको उचित हो ?

खेलकुद गतिबिधि नभएको करिब ८ महिना पुगीसक्यो । कोरोनाको असर लामो रहने देखिन्छ । खेलकुल गतिबिधि लामो समयसम्म ठप्प राख्नु हुदैन । यसले खेलाडीहरु देखि खेलकुद क्षेत्रलाई नै नराम्रो असर पर्दछ । बिदेशमा बिभिन्न खेलकुदहरु सञ्चालनमा आइसेका छन् । हामी भने अझै पनि घरमै बस्न बाध्य छौं । यसले गर्दा भोलिका दिनमा हामीलाई अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न समस्या हुन्छ । हामीले खेलाडीहरुलाई निष्व्रिmय राख्नु हुदैन । हामीले सम्बन्धीत नियाकलार्इं खेलकुद सञ्चालन गर्नका लागि आग्रह गरीरहेका छौं ।

यस्तो अवस्थामा खेलकुद गतिबिधि सञ्चालन गर्न के गर्नुपर्ने देख्नुहुन्छ ?

खेलकुद गतिबिधि सञ्चालन गर्नका लागि खेलकुद मन्त्रालय र परिषद लगायत सम्बन्धित निकायले पहल गर्नु आवश्यक हुन्छ । खेलाडीहरुलाई आवश्यक क्वारेन्टाइनमा परिक्षणका साथ राखेर तालीम दिन आवश्यक छ । अबको समयमा कोरोना संगसगै खेलकुदमा पुन सक्रिय हुनुपर्दछ । पहिलाको जस्तो समुहमा प्रतियोगिता गराउन नसके पनि बन्द कोठामा प्रतिस्पर्धा गराउनु पर्दछ ।

अहिले समयमा भर्चुअल मार्फत प्रतियोगिता सञ्चालन भइरहेका छन् । यो कत्तिको प्रभावकारी छ ?

केहि नहुनु भन्दा केहि हुनु राम्रो भन्ने उदेश्यका साथ अहिले केहि खेलकुद भर्चुअलमा सम्पन्न भएका छन् । अन्तराष्ट्रिय प्रतियोगितामा पनि नेपालले भर्चुअल गेममा केहि मेडल ल्याएको छ । कराते, पुम्से जस्ता केहि मात्रामा भर्चुअल गराउन सकिन्छ । कन्टाक्ट खेल जस्तै भलिबल फुटबल जस्ता खेलकुद भर्चुअल मार्फत गराउन सकिदैन । बिषम परिस्थितिमा खेलाडीहरुलाई सक्रिय राख्नका लागि भर्चुअल केहि मात्रामा प्रभावकारी देखएको छ ।

खेलाडीहरुले घरमा कसरी आफुलाई फिट राख्न सक्छन् ?

मैदानमा उत्रिनु पर्ने खेलाडीहरुलाई घरमा बस्दा केहि सकस भएको छ । बर्कआउटका लागि प्रर्याप्त स्थान र बाताबरण पनि हुदैन । तर पनि खेलाडीहरुले आफुलाई सक्रिय राख्नु पर्दछ । अहिले हामीले पनि जुम मार्फत ट्रेनिङ गराइरहेका छौै । अहिलेको समयमा भर्चुअल मार्फत जोडिएर पनि तालीम लिन सकिन्छ । घरमा बसेर बिभिन्न बेवसाइड र युट्युव हेरेर आफुलाई सक्रिय राख्नुपर्दछ ।