बेलायतमा बढ्ने थाले कोरोना संक्रमित

भदौं २५, एजेन्सी – बेलायतमा पछिल्ला केही हप्तायता कोरोना भाइरस (कोभिड(१९)का संक्रमितको संख्या बढ्न थालेको छ ।

प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घण्टामा करिब २ हजार ६५९ जना कोरोनाका नयाँ संक्रमित फेला पर्दा ८ संक्रमितको मृत्यु भएको छ ।

बेलायतमा कोरोनाका संक्रमित पछिल्ला केही दिनयता बढी संख्यामा देखिन थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरूले जानकारी दिएका छन् ।

पछिल्ला केही हप्तामा ठूलो संख्यामा नयाँ संक्रमित थपिएका र आजसम्म यहाँका संक्रमितको संख्या ३ लाख ५५ हजार नाघेको छ ।

यस संक्रमणबाट भएको मृत्युको संख्या ४१ हजार ५९४ जना पुगेको बताइएको छ ।

लण्डनमा कोभिड–१९ को अवस्था सामान्यजस्तो देखिएकोले बेलायतमा जनजीवनलाई पनि सामान्य बनाइएको थियो । गएका केही हप्तादेखि यहाँ सामान्य रूपमा मात्र संक्रमित देखिएका थिए ।