एनआइसी एशियाले ल्यायो ’एनआइसी एशिया क्वीज’ योजना

भदौं २५,काठमाडौं  – एनआइसी एशिया बैंकले एनआइसी एशिया क्वीज योजना ल्याएको छ। उक्त योजनाअन्तर्गत बैंकका ग्राहक तथा अन्यले बैंकको भाइबर कम्युनिटीमार्फत सोधिने प्रश्नको सही जवाफ दिनुपर्छ। यस योजना भदौ २५ देखि असोज १५ गतेसम्म दुई दिनको अन्तरालमा प्रश्न सोधिन्छ ।

यसरी सोधिने प्रश्नमा दिईएका चारवटा विकल्पहरू मध्येबाट सहभागीले सही जवाफ दिनुपर्ने बताइएको छ। जसले धेरै सही जवाफ दिन्छ उसले नै धेरै पुरस्कार पाउने संभावना बलियो हुन्छ। किनकि एक सही जवाफ दिंदा पनि विजेता बन्नसक्ने बैंकले बताएको छ।
सही जवाफ दिने एकजनालाई रिचार्जरको तर्फबाट बम्पर पुरस्कारस्वरुप स्मार्टफोन दिइनेछ।

त्यसैगरी पलसोनिकको तर्फबाट ३२ इन्चको पालसोनिक टेलिभिजन, ब्रोदरहुड इन्टर प्राइजेजको तर्फबाट भ्याकुम क्लिनर, इलेक्ट्रोनको तर्फबाट इलेक्ट्रोनिक ओभन टोस्टर तथा ग्रील दिइनेछ। यसुदाको तर्फबाट पनि इलेक्ट्रोनिक राइस कुकर १–१ जनालाई प्रदान गरिने बैंकको भनाइ छ।

साथै सबै प्रश्नहरूको सही जवाफ दिने ५ जनालाई एलजीको तर्फबाट आकर्षक उपहार र प्रत्येक प्रश्नमा ४ जनालाई ५ सय बराबरको मोबाईल रिचार्ज दिइनेछ। भाइबर कम्युनिटीमा जोडिन भाइबर एप सर्च बक्समा गएर एनआइसी बैंकको नाम खोजेर यस योजनामा सहभागी हुन सकिन्छ।

यस बैंकले मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा दिइरहेको छ।