गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण

भदौं २५,काठमाडौं -गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित पुष्टि हुनेमा कास्कीका १९, स्याङ्जाका १२, बागलुङका ९, नवलपरासी पूर्वका ५, तनहुँका ३ र पर्वतका १ जना रहेका छन् ।

उनीहरू सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

यो सँगै गण्डकीमा संक्रमितको संख्या २ हजार ७ सय २८ पुगेको छ ।