‘कोरोनाको कहरले कन्सर्ट हराउदैछ’

भदौ १९, काठमाडौ – भनिन्छ, कलाको कुनै निश्चीत आयातन हुदैन । धर्म, जात, वर्ण, रंग, संस्कृति र भाषाले समेत विभेद गर्दैन । कलाकार अर्जुन कौशल पहाडी जिल्ला पाल्पामा जन्मीए, हुर्किए । तर, उनको प्रस्तुती यति फराकीलो छ कि उनी जुन सुकै समुदाय, भुगोल र संस्कृतिका गीत टपक्कै टिपेर गाउन सक्छन् । सुदुरपश्चिमको देउडादेखि, तराईको थारु गीत र आधुनिक पुस्ताको पप गायन सम्म उनको स्वर भीजेकोछ । विगत दुई दशकको कला यात्रामा उनले थुप्रै देउडा गीत गाए । सुदुरपश्चिमका दर्शकले उनलाई बढी रुचाउछन् । झन्डै ३ सय भन्दा बढी गीतमा शब्द, संगीत र स्वर दिएका अर्जुन भर्सटाईल सिङ्गरको रुपमा स्थापीत छन् ।

गीतकार, संगीतकार र गायक समेत रहेका कौशलसग कोरोना महामारीलले गीत संगीत क्षेत्रलाई पारेको प्रभाव, कलाकारहरुले भोगिरहेको समस्या र उनको सांगितिक करिअरका विषयमा इमेल खवर डटकमले कुराकानी गरेको छ । प्रस्तुत छ उनीसग गरिएको कुराकानीको सक्षिप्त अंश –

१. कोरोना कहरका बीच दैनिकी कसरी बितिरहेको छ ?

चैत्र देखि लकडाउन शुरु भयो, त्यति बेला म बुटवलमा थिए । यस्तो अवस्था आउला भन्ने सोचेकै थिएनौ । लगत्तै म काठमाण्डु आए । त्यसपछि सरकारको निर्देशन अनुसार अहिले सम्म घरभित्रै सुरक्षित रुपमा बसिरहेको छु । होम क्वारेन्टिन मै छु ।

२. यो बीचमा केही गीत संगीतका कामहरु भए ?

धेरै जसो समय खाली नै भइयो । यो बीचमा सुदूरपश्चिमका साथीहरुसंग एउटा संस्थागत गीत गरियो । यो गीत विभिन्न तीन भाषामा बजारमा आयो । र अर्को काम भनेको यो बीचमा एकपटक फेरी बुटवल जाने अवसर मिल्यो । त्यहांको प्रहरीसंग मिलेर एउटा गीत हामीले ग¥यौ । त्यो गीत चाहि दुर्घटना न्युनिकरणका विषयमा थियो । मै त्यस गीतमा गाउने र संगीत भरेको छु । केही अन्य नयाँ कामको लागि समेत आफूले केही तयारी गरेको छु ।

३. कलाकारहरुलाई कोरोना कहरले कत्तिको असर गरेको छ ?

एक दमै राम्रो प्रश्न गर्नु भयो । अहिलेको समय भनेको विभिन्न कार्यक्रम, महोत्सव तथा मेलाहरु लाग्ने समय हो । विगतका वर्षहरुमा यस्ता कार्यक्रममा व्यस्त हुन्थ्यौ । देशभरबाट बोलाउनु हुन्थ्यो । कहिले पूर्व तिरको यात्रा कहिले पश्चिमतिरको यात्रा भ्याइनभ्याइ हुन्थ्यो । हामी कलाकारको आम्दानी हुने समय भनेकै यही हो । अहिले यस्तो अवस्था छ । कूनै पनि कार्यक्रम हुन पाएनन् । गीत संगीतबाट बाच्ने म जस्ता धेरै कलाकारले समस्या भोग्नु परेको छ । अझै लम्बियो भने झन समस्या हुने देखिएको छ । अहिले भन्नु हुन्छ भने आम्दानी केही पनि छैन । कोरोनाको कहरले कन्र्सट संस्कृति हराउदै छ ।

४. अब तपाईँको सांगितिक यात्राको विषयमा पनि कुरा गरौ, कसरी प्रवेश गर्नु भयो यस क्षेत्रमा ?

मेरो जन्म पाल्पाको अर्गली हो । म सानै देखि यसमा रुचि राख्थे । स्कूलमा रहेक शुक्रबार हुने गतिविधिहरुमा मेरो सक्रिय सहभागिता रहन्थ्यो । सानै उमेरमा मैले यसको यात्रा तय गरेको हो । पछि मैले बुटवलमा समय बिताए । त्यहा केही कुरा सिक्ने अवसर मिल्यो । यसै शिलशिलामा २०५४ सालमा काठमाडौ छिरे । यसैमा करिअर बनाउछु भनेर । मेरो सांगितिक यात्राको पहिलो गीत ‘आउने दशैंमा’ भन्ने हो । यो लोक दोहोरी गीत हो । मैले २०५९ सम्म दोहोरी नै गरे । पछि लोक पप गीत गरे । काठमाडौमा एउटा टिम बनायौ । म र रामचन्द्र काफ्ले लगायतका चार पाँच साथीहरु मिलेर चौतारी समूह भन्ने बनायौ । यसै मार्फत सबै जना मिलेर काम भयो । काम गर्दै जाँदा संगीतकार पनि भए । यो यात्रा २०६४ सम्म जारी रहयो । पूर्ण रुपमा लोक पप गायकका रुपमा दर्शकले मलाई चिन्नु भयो, ‘भीरको बाटोमा’, ‘लाहुरे’ ‘मौरी त्यसै घुम्दैन’ लगायतका थूप्रै एल्बम निकाले आफ्नै । यो बीचमा मेरो यात्राले निकै नै उचाई लिएको हो । लोक पपमा गीतहरु मैले १ सय वटा भन्दा बढि गरेको छ । यसमा अधिकांशमा शब्द, संगीत र गायन मेरै छ । लोक पप, आधुनिक पप गीत नेपाली सदाबहार गीतमा समेत कलम चलाउनुका साथै गाउने र संगीत भर्ने छन् । थारु गीत देखि सुदूरपश्चिम क्षेत्रमा चर्चित देउडा गीत मैले गरे । अहिले सम्म ३ सय भन्दा बढि भयो होला ।

५. आमरुपमा अर्जुन कौशल भनेर चिनाउने गीतहरु के छन् ?

छन्, नी धेरै छन् । मलाई सबै भन्दा बढि चिनाउने गीतमा म त कालिपारे, मौरी त्यसै घुम्दैन लगायत छन् । यसमा मैले संगीत गरेको छु । गीत तर्फ भन्नु हुन्छ भने भीरको बाटोमा, मेरि माया, नथिया वालीले, पानको पत्तामा र घुमी घुमी लगायत दुई दर्जन भन्दा बढि गीत छन् । यसमा मैले महानायक राजेश हमाल, अभिनेत्री निरुता सिंह, अभिनेता दिलिप रायमाझी, भारतीय हास्य कलाकार कृष्ण लगायतसँग सहकार्य गरेको छु ।

६. दुई दशक लामो यात्राको क्रममा अर्जुन कौशललाई संगीतले के सिकायो ?

कलाकारिता आफैमा निकै कठिन क्षेत्र हो । यसमा धेरै संघर्ष गर्नुपर्छ । मैले पनि यसमा धेरै दुःख गरेको छु । लामो समय यस क्षेत्रमा लाग्दा मैले पाएको भनेको दर्शक र स्रोताहरुको माया हो । मलाई अर्जुन कौशल भनेर चिनिदिनु भएको छ । त्यो नै मेरो लागि सबै भन्दा ठूलो सम्पति हो । मलाई केहि कुराको अभाव छैन । दुःख गरेर मैले नाम पाएको छु । त्यो नाम दर्शकले दिनु भएको छ । अझ मैले यसलाई अझै धेरै कुरा दिन बँकी छ जस्तो लाग्छ । अहिले सम्म टिकिरहेको छु । यो पनि यही क्षेत्रले मलाई दिएको माया र हौसला नै हो । मैले सकुञ्जेल यही क्षेत्रमा सक्रिय हुनेछु ।