प्रतिनिधिसभाको चुनाव हारेका बामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय

१८ भदौ, काठमाडौं -लामो समयपछि बिहिबार बसेको नेपाल कम्युनिस्ट पार्टी नेकपाले बामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ  । नेकपाले उपाध्यक्ष समेत रहेका गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको हो ।

नेकपा सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा मनोनित गर्न गौतमलाई सिफारिस गर्ने निष्कर्षमा सरकार पुगेको जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

अर्थमन्त्री डा। युवराज खतिवडाबारे प्रधानमन्त्री ओलीले केही नभनेको उनले बताए । गौतम प्रतिनिधि सभा निर्वाचन हारेका व्यक्ति हुन्