जुम्लाका सीडीओ थापालाई कोरोना संक्रमण

भदौ १८,खलंगा– जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीबार बिहान परीक्षणका लागि स्वाब दिएका उनको साँझ ६ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो।

उनले भने, ‘जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा काँधमा आएको जिम्मेवारी पूरा गर्न र जिल्लाभित्रका विभिन्न स्थानीय तहले निर्माण गरेका आइसोलेशन अनुमगन गर्दा कोरोना पुष्टि भयो।’

प्रजिअलाई अहिलेसम्म कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला निर्देशक मंगल रावले बताए। स्रोतका अनुसार संक्रमण पुष्टि भएपछि थापा होम आइसोलेशनमा बसेका छन्। उनी जुम्लाका स्थायी बासिन्दा समेत हुन् । रासस