बर्दियामा कर्णाली नदीमा ३ जना बेपत्ता

१८ भदौ, राजापुर- बर्दियाको गेरूवा गाउँपालिका (४ का एक महिला र दुई पुरुष कर्णाली नदीमा बेपत्ता भएका छन् ।

कर्णालीको रजबन्धुवा घाटमा बिहीबार बिहान ११ बजे दाउरा छोप्न गएका उनीहरु बगेर बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेहरुमा गेरूवा (४ जोधिपुरका ४० वर्षीय बलबहादुर रोकाय, १४ वर्षीय भरत कडायत र १४ वर्षीया पवी रोकाय रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।रासस