बैतडीमा डेंगु र स्क्रब टाइफसको समस्या बढ्यो

भदौ १७, बैतडी- बैतडीमा एक महिनाको अवधिमा करिब ५० जनामा डेंगु र टाइफसको समस्या देखिएको छ ।

गएको साउन यता बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी फेला परेका हुन् ।

स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीका अनुसार यो निकै गत वर्षका भन्दा निकै बढि हो ।

उनका अनुसार दशरथचन्द नगरपालिका २५ महिला र ११ पुरुष गरी ३६ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ ।

यस्तै पाटन नगरपालिकाका ३ महिला र एक पुरुष गरी ४ जनामा देखिएको उनले बताए ।

दोगडाकेदार गाउँपालिकाका ४ महिला र २ पुरुष गरी ६ जना, मेलौली नगरपालिकाका १ महिला, पञ्चेश्वर गाउँपालिकाका १ पुरुष र सिगास गाउँपालिकाका १ महिलामा स्क्रब टाइफस पुुष्टि भएको जोशीको भनाइ छ ।

गत आर्थिक बर्षमा जिल्लाभरी ४० जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको थियो ।