आयुष्मान तेस्रो लिङ्गीको भूमिकामा देखिँदै

भदौ १७, काठमाडौ – आयुष्मान देशराज जोशीले एक सिरिजमा तेस्रो लिङ्गीको भूमिका निभाउने भएका छन् । आजसम्म उनले चलचित्रमा निभाएको भूमिका भन्दा फरक शैलीको भूमिका निभाउँदै आफ्नो गेटअप तथा पहिचान नै परिवर्तन गरेका हुन् । उनले आफू तेस्रो लिङ्गी बनेको तस्बिर समेत सार्वजनिक गरिसकेका छन् । उनले यस सिरिजका लागि न्यून सिन समेत दिएका छन् ।

उनले सामाजिक सञ्जाल मा तस्बिर सार्वजनिक गर्दै  मेटामोफिर्कक मेनिफेस्टो महिला बन्नका लागि सर्जरी गर्ने इतिहासकै पहिलो पुरुषको कथा हो । यो शृङ्खला डेनिश कलाकार लिली एल्बे र गेरडा वेगेनरको जीवनको नेपाली रूपान्तरण हो । जब एक पत्नी आफ्नो पेन्टिङमा आफ्नो श्रीमानलाई महिला मोडलको रूपमा पोज दिनका लागि आग्रह गर्छिन्, यसपछि उक्त श्रीमान्मा लुकेको पहिचान बाहिर निस्कन खोज्छ । यो शृङ्खलाले एक तेस्रो लिङ्गी व्यक्तिको यात्रालाई प्रस्तुत गर्दछ लेखेका छन् ।

उनले यो पुरुष वा महिलाको नभएर, एक मानिसको सङ्घर्षको कथा भएको आयुष्मानले उल्लेख गर्दै आफूले यस शृङ्खलालाई कामको रूपमा नलिएको आफ्नो लागी विशेष भएको बताएका छन् । यस शृङ्खलामा आशिरमान देशराज जोशीको पनि अभिनय रहने छ ।