सुर्खेत जिल्ला अदालतका सबै सेवा बन्द

भदौ १७, सुर्खेत- सुर्खेत जिल्ला अदालतका सबै सेवा बन्द गरिएको छ ।

बुधबार कर्मचारीमा कोरोना संक्रमण पुष्टिपछि सेवा बन्द गरिएको हो ।

जिल्ला अदालतद्धारा जारी विज्ञप्तिमा अर्को सूचना जारी नहुँदा सम्म हाललाई सबै सेवा बन्द गरिएको गरिएको जनाइएको छ ।

अदालतका श्रेष्तेदार यम प्रसाद बास्कोटाले एक सुचना जारी गरी अदालत बन्द रहने जानकारी दिएका हुन् ।