आज थपिए ११२० कोरोना संक्रमित, उपत्यकामा ३८८

भदौं १७, काठमाडौं –  आज नेपालमा थप  ११२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमले बितेको २४ घण्टामा गरिएको परिक्षणका आधारमा उनिहरुमा संक्रमण पुष्टि भएको बताए ।

पुष्टि हुनेहरुमा ३८८ जना उपत्यकामा रहेको उनले बताए । उपत्यकामा पुष्टि भएका मध्ये काठमाडौंमा ३५० , भक्तपुरमा ९ र ललितपुरमा २९ जना रहेका छन् ।