गजुरी गाउँपालिकाकी उपाध्यक्ष ढुंगाना भन्छिन् ‘फुड बैंक’ देशभर फैलदा खुसी छु । ’

भदौं १५, काठमाडौं – देशमा कोरोना महामारी फैलदै गएपश्चात स्थानीय जनप्रतिनिधिहरु सत्रिय छन् । क्वारेन्टाइन ब्यवस्थित गर्नु, राहत बाडनु, संक्रमितहरु पहिचान गर्नुमा उनीहरुको ब्यस्तता बढ्दो छ । तर, धादिङ गजुरी गाउँपालिकाकी उपाध्यक्ष सीता ढुंगनाको दैनिकी भने यतिबेला केहि फरक छ । उनि ‘फुड बैंक’ को अबधारण बारे बताउन ब्यस्त छिन् । इमेल खवरसंग फोन सम्पर्कमा उनले भनिन् ‘फुड बैंक’ को अवधारणाबारे सबैले सोधिरहनु भएको छ बताउनमा ब्यस्त छु । ’

‘हुनेले दिएर जाऔं नहुनेले लिएर’ अहिले यो पोष्टर सहित देशका बिभिन्न स्थानमा ‘फुड बैंक’ स्थापना भएका छन् । ‘फुड बैंक’ अर्थात खाद्यन्न सामान राख्ने र लिने स्थान । यस अन्तर्गत सहयोग गर्न चाहनेहरुले खाद्यन्न सामाग्री राख्न सक्छन् र नहुनेहरुले लिएर जान सक्छन् ।

करिब छ महिना अघि नेपालमा कोरोना भाइरस प्रवेश गरिसकेको थियो । भाइरस प्रवेश गर्नसाथ सरकारले देशब्यापी रुपमा लकडाउन घोषणा ग¥र्यो । लकडाउन पश्चात राजधानीमा दैनिक रुपमा जिवीकोपार्जन गर्दै आइरहेका सामान्य ब्यत्तिदेखि मजदुरहरु भोक, पिरको समस्यामा परे । राजधानीमा दुई छाक टार्न समस्या भएपछि भोकै प्यासै गांउ फर्किनेहरुको लर्को नै लाग्यो ।

राजधानीबाट फर्किनेहरुको पिडाले सरकारलाई छोएन । सरकारले उनिहरुको समस्याको ब्यवस्थापन पनि गरेन । गजुरी गाउँपालिका धादिङकी उपाध्यक्ष ढुंगानालाई भने नराम्रोसंग पोल्यो । उनले बाटोमा अलपत्र ब्यत्तिहरुलाई देखेपश्चात सहयोग गर्ने सोच बनाइन् । ‘वित्तीय परिचालनमा महिला नेतृत्व’ विषयमा विद्यावारिधि गरिरहेकी उनि यस बिषयमा धेरै घोत्लिइन् । अध्ययन गरिन , रिसर्च गरिन र निकालिन ‘फुड बैंक’ को अबधारणा । उनले यस अबधारणालाई गांउपालिकामा पेश गरिन् । गांउपालिकामा स्वाभाविक ढंगले स्विकृत भयो । उनले भनिन् ‘मजदुरको दुःख ,खान नपाएको बिजोक देखेर ‘फुड बैंक’ को अवधारणा ल्याएको हो, यो अहिले निकै प्रभावकारी भएको छ । ’

सहयोगा गर्न चाहने तर साथमा पैसा नहुनेहरुका लागि ‘फुड बैंक’ निकै प्रभावकारी रहेको इमेल खवरसंग उनले बताइन् । ‘फुड बैंक’ अहिले गांउपालिका स्तरबाट नै सञ्चालित भइरहेको छ । ‘फुड बैंक’ मा अति आवश्यक खाद्यन्न बस्तुहरु चामल, दाल, तेल, नुन संकलन गरिन्छ । अन्य आवश्यक साम्रागीका साथै सरसफाइका लागि सावुन समेत उपलब्ध गराउने गरेको उनले बताइन् ।

‘फुड बैंक’ अन्र्तगत अहिले धेरैको चुलोमा आगो बलेको छ । संकटको बेलामा आफ्नो सोच सफल भएकोमा दंग छिन् सीता । अहिले देशभर फुड बैंक फैलदै गएकोमा उनि खुसी छन् । उनी भन्छिन् ‘अहिले देशभर ‘फुड बैंक’ फैलदा एकदमै खुसी लागेको छ , यसलाई सबैले सकारात्मक कदमको रुपमा हेर्नु भएको छ । ’ यस बैक मार्फत पिडितहरुको पेट भरिने ढुंगनाको बिश्वास छ ।