एकैदिन ८ जना कोरोना संक्रमितको मुत्यु

साउन २८,काठमाडौं पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमले २४ घण्टामा ८ जनाको मृत्यु भएको बताए ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका वडा नं १२ टेकुका ७८ वर्षीया महिला, धनुषाका ७१ वर्षीय पुरुष, धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा नं १४ का ३२ वर्षीय पुरुषको निधन भएको हो ।

यस्तै, धनुषाकै ३८ वर्षीया महिला, सप्तरीका ७२ वर्षीय पुरुष, मोरङका ५५ वर्षीय पुरुष, कपिलवस्तुका ४२ वर्षीय पुरुष, बाराका ७५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु भएका कोरोना संक्रमितहरुमा अन्य खालको दिर्घरोग रहेको जनाइएको छ ।