आज थप ४८४ जना कोरोना संक्रमण पुष्टि

साउन २८, काठमाडौं आज थप ४८४ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमका अनुसार १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ ।