ढुङगा झरेर स्काईभेटर किच्दा चालकको मृत्यु

साउन २८, काठमाडौ – संखुवासभाको चिचिला गाउँपालिका २ गोगनेमा सडक वनाउदै गर्दा खसेको ढुङगाले किचेर स्काईभेटर चालकको
मृत्यु भएको छ ।

मंगलवार दिउँसो साँढे १ बजे अरुण थर्ड हाइड्रोपावर अन्तर्गत रानीढुङ्गा कन्ट्रक्सन सेवाद्वारा संचालित बा २ क ५४०८ नम्बरको स्काईभेटरका
चालक राक्सिराङ गाउँपालिका ५ मकवानपुरका ३१ बर्षीय हर्क बहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले बताएको छ ।