सेभिल्ला क्वार्टरफाईनलमा प्रवेश

सँउन २३, एजेन्सी – रोमालाई हराउँदै सेभिल्ला युरोपा लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

बिहिबार राति भएको अन्तिम १६ को खेलमा सेभिल्लाले रोमालाई २–० ले हराएको हो ।

अन्तिम मिनेट १० खेलाडीमा सिमित बनेको रोमाबिरुद्ध स्पेनिस क्लब सेभिल्लाले पहिलो हाफमै दुई गोल गरेको थियो ।

पाँच पटकको च्याम्पियन सेभिल्लाले जित निकाल्दै अन्तिम ८ मा आफुलाई सुरक्षित गरेको छ ।